प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रान्ति सुरु गर्दा जस्तो आवेग थियो आजपनि सोही आवेग आफूमा रहेको बताएका छन्।
संघीय संसदको प्रतिनिधिसभामा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले आफू सिंहदरबारमा फोटो झुण्ड्याउन मात्र नआएको बताए।
‘हिजो क्रान्ति सुरु गर्दा म सँग जस्तो आवेग थियो। बिचमा केही अलमलिएजस्तो देखिए पनि आज म त्यही आवेग र अठोटका साथ यो रोस्टममा उभिएको छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘म सिंहदरबारमा अर्को कार्यकालको फोटो झुण्ड्याउन मात्र उभिएको होइन।’
उनले आफू हरेक संसदमा रिपोर्ट कार्डका साथ उपस्थित हुने प्रतिवद्धता जनाए। ‘म विशवास दिलाउँछु, संसदमा म उपलब्धि र रिपोर्ट कार्डका साथ उपस्थित हुनेछु। मलाई विश्वासको मत दिएमा मान्य सदस्यहरुले गर्व गर्ने ठाउँ बनाउने छु।’ प्रधानमन्त्री प्रचण्डले भने।
Shares

प्रतिक्रिया