राजनीति


प्रचण्डले संसदमा कसको भोट पाएनन्?

कांग्रेसका तीन सांसद अनुपस्थित
प्रचण्डले संसदमा कसको भोट पाएनन्?

नेपालखबर
पुस २६, २०७९ मंगलबार १७:४२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार संसदबाट विश्वासको मत लिँदा २६८ मत मात्रै पाए।

जम्मा २७५ जना सांसद रहेको प्रतिनिधिसभा प्रचण्डले विश्वासको मत लिँदा २७० जना सांसद उपस्थित थिए।

जसमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विश्वासको मतको विपक्षमा मतदान गरे।

त्यस्तै प्रतिनिधिसभाको अध्यक्षता गरेका जेष्ठ सदस्य पशुपति शमशेर जबराले पनि प्रचण्डलाई मतदान गरेनन्। 

त्यस्तै प्रचण्डले विश्वासको मत लिँदा कांग्रेस सांसदहरु मनोरमा शेरचन, किशोरसिंह राठौर र अम्बिका बस्नेत संसदमै उपस्थित थिएनन्। 

अर्कातिर कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा रहेकाले उनले मतदान गर्न पाएनन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .