राजनीति


प्रधानमन्त्री बनेपछि पहिलोपटक गोरखा जाँदै प्रचण्ड

प्रधानमन्त्री बनेपछि पहिलोपटक गोरखा जाँदै प्रचण्ड

निर्वाचन कार्यक्रममा सहभागी हुने क्रममा प्रचण्डलाई स्वागत गर्दै गोरखाका स्थानीय।


नेपालखबर
पुस २७, २०७९ बुधबार ७:५६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाँदैछन्। गोरखा महोत्सवको उद्घाटनका लागि प्रचण्ड गोरखा जान लागेको उनको सचिवालयले जानकारी दिएको छ। 

गत १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड त्यसपछि पहिलोपटक आज गोरखा जान लागेका हुन्। ‘गोरखा महोत्सव उद्घाटनका लागि उहाँ (प्रधानमन्त्री) गोरखा जान लाग्नुभएको हो,’ प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले भने। 

गत ४ मंसिरमा भएको निर्वाचनमा प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। उद्योग वाणिज्य संघ, गोरखाले आयोजना गरेको उक्त महोत्सवमा प्रधानमन्त्रीलाई प्रमुख अतिथिको औपचारिक निम्ता आएपछि उनी गोरखा जान लागेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .