राजनीति


प्रधानमन्त्रीले भने : भ्रष्टाचार नियन्त्रणमा कठोर हुनु छ

प्रधानमन्त्रीले भने : भ्रष्टाचार नियन्त्रणमा कठोर हुनु छ

वाईसीएलको बैठकलाई सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्ड


नेपालखबर
पुस २७, २०७९ बुधबार १२:१५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट बलियो विश्वासको मत मिलेका अब देश र जनतालाई सुशासन दिएर अघि बढ्ने बताएका छन्। 

नेकपा माओवादी केन्द्रको भ्रातृसंगठन वाईसीएल नेपालको कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

'अहिले नेपाल र नेपाली सबैलाई यो सफलता मिलेको छ। यो पटक पार्टी र सरकार सफल हुने कुरामा शंका छैन', उनले भने, 'जनयुद्ध हुँदै गर्दा राज्यले किलो शेरा टु अप्रेशन चलाएको थियो। पार्टीका कतिपय साथीहरुमा निराशा थियो। त्यही बेला जनयुद्ध दुई तीन वर्ष पनि जाँदैनथ्यो कि भन्ने थियो। तर हामीले युवाहरुलाई नेतृत्वमा ल्याएर जनयुद्ध सफल बनायौँ।'

उनले अहिलेको अवसरलाई सदुपयोग गर्नुपर्ने पनि बताए। 'अब हामीले सुशासन दिएर भ्रष्टाचार नियन्त्रणका लागि कठोर हुनुछ', उनले भने, 'हामीले आर्थिक समृद्धिको यात्राको कल्पना गरेका छौँ। समाजवादतिरको यात्राको आरम्भको बिन्दु यही हुन सक्छ। यतिबेला सरकार र पार्टीलाई सहयोग चाहिएको छ। हामी प्रतिक्रियावादीहरुको घेरा तोडेर यहाँसम्म आएका छौँ, त्यसैले हामी सफल हुनैपर्छ।'

उनले पार्टीलाई व्यापक रुपमा विस्तार गर्न जरुरी रहेको बताए। वाईसीएलले पनि पार्टी संगठन विस्तारमा योजनावद्ध लाग्नुपर्ने प्रचण्डले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .