ad ad

राजनीति


बागमती प्रदेशको सभामुखमा राप्रपाका भुवन पाठक विजयी

बागमती प्रदेशको सभामुखमा राप्रपाका भुवन पाठक विजयी

बागमती प्रदेशको सभामुखमा निर्वाचित भुवन पाठक। तस्बिर : सुनिता विष्ट/नेपालखबर


नेपालखबर
पुस २९, २०७९ शुक्रबार १४:०, हेटौंडा

बागमती प्रदेश सभामुखमा गठबन्धनका साझा उम्मेदवार राप्रपाका भुवन पाठक विजयी भएका छन्। 

तीन जनाको उम्मेदवारी दर्ता भएकोमा सत्ता गठबन्धनका पाठक विजयी भएका हुन्। 

नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीले पनि सभामुखका लागि उम्मेदवारी दर्ता गरेका थिए।

सत्ता गठबन्धनका तर्फबाट राप्रपाका पाठक, नेपाली कांग्रेसका समानुपातिक सांसद शिवराज अधिकारी र नेमकिपाकी सांसद सृजना सायजुले सभामुखमा उम्मेदवारी दर्ता गराएका थिए । 

सभामुखमा विजयी भएका थापा काठमाणडौंबाट समानुपातिकमा निर्वाचित भएका हुन् । 

उनले ६२ मत प्राप्त गर्दै सभामुखमा विजयी भएका हुन्। त्यस्तै कांग्रेसका उम्मेदवार शिवराज अधिकारीले ३६ मत प्राप्त गरे। नेमकिपाकी उम्मेदवार सृजना सायजुले ३ मत प्राप्त गरेकी हुन्। 

११० सदस्य रहेको बागमती प्रदेश सभामा एमालेको २७, कांग्रेसको ३७, माओवादीको २१, राप्रपाको १३, नेमकिपाको ३, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सिट छ। 

जसमध्ये विजयी भएका पाठकलाई एमाले, राप्रपा, माओवादी, हाम्रो नेपाली पार्टीको समर्थन रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .