राजनीति


मेरा लागि विश्वासको मत चुनौती हो, सबैसँग मिलेर अघि बढ्छु : प्रधानमन्त्री प्रचण्ड

मेरा लागि विश्वासको मत चुनौती हो, सबैसँग मिलेर अघि बढ्छु : प्रधानमन्त्री प्रचण्ड

तस्बिर : प्रदीपराज वन्त/रासस


नेपालखबर
पुस ३०, २०७९ शनिबार १५:४१, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले पाएको विश्वासको मतलाई चुनौतीको रुपमा लिएको बताएका छन्। ‘भुवन दाइ’ पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। 

सिंगो सदनले नै असाधारण उचाइका साथ समर्थन प्राप्त गरेको उल्लेख गर्दै प्रचण्डले भने, ‘सिंगै सदन नै सहमत भएर असाधारण उचाइका साथ समर्थन प्राप्त छ। करिब करिब प्रधानमन्त्रीमा राष्ट्रिय सहमति भएको हुनाले थप चुनौतीको विषय हो भन्ने ठानेको छु।’

आफूले अध्यापन विद्यालयको सम्पूर्ण स्मरण भएको भन्दै प्रधानमन्त्री प्रचण्डले आफू पहिल्यखैदेखि सबैलाई मिलाएर अघि बढ्ने स्वभावको रहेको बताए। 

‘म कसैसँग रुखो थिइँन। र अहिलेपनि छै। म सबैसँग मिलनसार नै हो। मैले सकारात्मक कुरा गरेर मात्र प्रभावित पार्ने गर्थे। जनताको मन जित्नेतिर नै मेरो जोड हुन्थ्यो। अहिलेपनि मेरो त्यही नै हुन्छ त्यतिबेला पनि त्यही थियो।’ प्रधानमन्त्री प्रचण्डले भने। 

०४६ वर्षपछि गोरखा जिल्लाबाटै निर्वाचित भएर देशको ४४ औं प्रधानमन्त्रीको रुपमाा उभिएको बताउँदै प्रचण्डले गोरखासहित सिंगो देशको विकासमा आफ्नो ध्यान जाने बताए। ‘त्यहाँको विकास, कृषि क्रान्तिसँग होस वा अन्य सबै विषयसँग मेरो स्वभावैले ध्यान छ। गोरखा र आरुघाट मेरो स्मृतिमा सधैं भइरहन्थ्यो,’ प्रचण्डले भने, ‘आरुघाटको भीमोदय माध्यमिक विद्यालयमा फर्किएकोजस्तो अनुभव भयो। गोरखामा मेरो जिम्मेवारी बढेको छ र सहयोग रहन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .