संघीय संसद्का सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था कार्यान्वयनमा गएको छ।
सोमबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले यस सम्बन्धी सूचना राजपत्रमा प्रकाशित गरेको छ। राजपत्रमा प्रकाशित सूचनामा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यले एक जना स्वकीय सचिव राख्न पाउने उल्लेख छ। सांसदले राजपत्रांकित तृतीय श्रेष्ठीको स्वकीय सचिव राख्न पाउनेछन्।
स्वकीय सचिवको योग्यता प्रचलित कानुनबमोजिम नेपाल सरकारको सम्बन्धित श्रेणी÷तहको कर्मचारीको लागि तोकिएको आवश्यक न्यूनतम योग्यतासरह हुने उल्लेख छ।
120
Shares

प्रतिक्रिया