राजनीति


कानुन मन्त्रालयको ‘ल रिफर्म इयर’: हरेक महिना सबै मन्त्रालयसँग छलफल

कानुन मन्त्रालयको ‘ल रिफर्म इयर’: हरेक महिना सबै मन्त्रालयसँग छलफल

नेपालखबर
साउन ४, २०८३ सोमबार १७:३२, काठमाडौँ

चालु आर्थिक वर्षलाई कानुन सुधार र निर्माण वर्ष (ल रिफर्म इयर) घोषणा गरेको कानुन मन्त्रालयले लक्ष्य पूरा गर्नका लागि आवश्यक तयारीका विषयमा सबै मन्त्रालयसँग छलफल गरेको छ।

सोमबार सबै मन्त्रालयका कानुन शाखा/महाशाखाबीच छलफल गरिएको हो।

कानुनमन्त्री सोबिता गौतमको सचिवालयका अनुसार प्रत्येक महिनाको पहिलो सोमबार यो बैठक नियमित हुनेछ।

कानुन निर्माण वर्ष सफल बनाउन तथा संघीय संसद्लाई आवश्यक विधायिकी कार्य उपलब्ध गराउने उद्देश्यले निर्धारण भएका १६६ विधेयकको लक्ष्य पूरा गर्नका लागि छलफल थालेको सचिवलयको भनाइ छ।

यस वर्ष निर्माण हुने १६६ विधेयकहरूको सूची यसअघि कानुन मन्त्रालयले संघीय संसद्‍मा बुझाइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad