राजनीति


भोलि बेलुकीसम्म सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड

भोलि बेलुकीसम्म सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड

फाइल तस्बिर।


नेपालखबर
पुस ३०, २०७९ शनिबार १६:२७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि बेलुकीसम्म सरकारले पूर्णता पाउने बताएका छन्।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पादकहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले आइतबार साँझसम्म मन्त्रीपरिषदले पूर्णता पाउने र सोमबार मन्त्रीपरिषदको पूर्ण बैठक बस्ने बताए। 

त्यसलगत्तै माघ ३ गते सरकारलाई विश्वासको मत दिने सबै दलहरूको सर्वदलीय बैठक राखेर राष्ट्रिय एजेण्डाहरूमा सहमतिको कोसिस गर्ने प्रधानमन्त्रीले बताए। 

‘एमाले अध्यक्ष केपी ओलीजीसँग मेरो आज बिहान पनि छलफल भएको छ, त्यो छलफलमा भोलीसम्म मन्त्रीपरिषदलाई पूर्णता दिने सहमति भएको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘भोली मन्त्रीपरिषदले पूर्णता पाएपछि सोमबार पूर्ण बैठक बस्छ।’ 

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यष ओलीबीच आजै बिहानमात्रै बालुवाटारमा मन्त्रीपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको थियो। 

मन्त्रीपरिषदले पूर्णता पाएपछि ३ गते आयोजना गरिएको बैठकमा राष्ट्रपति, सभामुख लगायतका पद बाँडफाँटबारे छलफल हुने प्रचण्डले बताए। 

‘राष्ट्रपति, सभामुख कसलाई बनाउने भन्नेबारे लिखित सहमति भएको छैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘छलफल गर्दै जाने भन्ने छ। सबैदलीय बैठकमा त्यसबारे छलफल भएपछि केही सहमति होला।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad