राजनीति


कर्णाली प्रदेशसभाको बैठक स्थगित

कर्णाली प्रदेशसभाको बैठक स्थगित

फाइल तस्बिर।


नेपालखबर
माघ २, २०७९ सोमबार ११:४७, काठमाडौँ

कर्णाली प्रदेशसभाको आज (सोमबार माघ २) बस्ने भनिएको बैठक स्थगित भएको छ।

पोखरामा भएको यती एयरको विमान दुर्घटनामा सरकारले सार्वजनिक बिदा दिएसँगै कर्णाली प्रदेश सभा बैठक स्थित भएको हो। 

आइतबार काठमाडौंबाट पोखराको लागि ४ जना चालक दलका सदस्यसहित ६८ जना यात्रु बोकेर उडेको यती एयरको एटिआर ७२ जहाज पोखरा १५ नयाँगाउँस्थित सेती नदीको खोँचमा दुर्घटना भएको थियो। 

उक्त घटनाप्रति शोक व्यक्त गर्दै सोमबार (आज) बस्ने भनिएको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। 

आजको बैठकमा उपसभामुखको चयन गर्ने कार्यतालिका रहेको थियो। सचिवालय जारी गरेको सूचनामा प्रदेशसभा नियमावली, २०७९ को नियम ६ को उपनियम ९३० बमोजिम माघ ३ गते मंगलबार दिनको १ बजे बस्ने गरी स्थगित भएको उल्लेख गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .