नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले सत्तारुढ गठबन्धन टुटाउनका लागि राष्ट्रपति चयनमा पनि प्रयास गर्ने बताएका छन्।
सभामुखमा देवराज घिमिरे निर्वाचित भएलगत्तै उनले सञ्चारकर्मीमाझ सरकार बनाउने बेला माओवादीसहितका आफूहरुको गठबन्धन टुटाएकाले अब आफूहरुले पनि सत्ता गठबन्धन टुटाउनका लागि प्रयास गर्नु स्वभाविकै भएको तर्क समेत गरे।
सांसद भण्डारीले सभामुखलाई मिसन बनाएर सत्तारुढ गठबन्धन टुटाउने गरिएको प्रयास सफल नभएकाले अव राष्ट्रपतिलाई मिसन बनाएर सो कामलाई अघि बढाउने पनि स्पष्ट पारे।
उनले भने, ‘हामी चुनावमा गठबन्धनमा थियौं। त्यो गठबन्धन टुट्यो भने अब यो गबन्धन पनि कसरी टुट्छ भनेर सोच्छ नि। पहिला हामी माओवादी सहित ४ वटा पार्टी गठबन्धनमा गयौं। सरकार बनाउने बेलामा त्यो गठबन्धन टुट्यो नि। जसको गठबन्धन टुटेको छ। त्यसले अर्को गठबन्धन टुटाउन लागि रहन्छन नि। त्यो निरन्तर प्रक्रिया हो। यो राजनीतिमा आउने स्वभाविक प्रक्रिया हो। त्यसकारण मिसन सभामुख थियो। त्यो भएन। अब मिसन राष्ट्रपति पनि हुन्छ। मिसन गठबन्धन टुटाउने हुन्छ। यसमा कुनै शंका नै भएन नि।’
सांसद भण्डारीले गठबन्धनलाई टुटाउने काम राजनीतिमा निरन्तर भइरहने पनि बताए।
Shares

प्रतिक्रिया