राजनीति


निष्पक्ष र तटस्थ भएर संसदलाई चुस्त बनाउन लाग्छु : सभामुख घिमिरे

निष्पक्ष र तटस्थ भएर संसदलाई चुस्त बनाउन लाग्छु : सभामुख घिमिरे

नेपालखबर
माघ ५, २०७९ बिहिबार १६:१७, काठमाडौँ

नवनिर्वाचित सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको प्रतिनिधित्व आफूले ठीक ढंगबाट गर्ने बताएका छन्।

बिहीवार प्रतिनिधि सभाको बैठकबाट सभामुखमा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

सभामुख घिमिरेले सभामुखमा रहँदा निष्पक्ष र तटस्थ भूमिकामा आफू कार्यसम्पादनमा लाग्ने बताए। उनले विगतबाट शिक्षा लिँदै संसदलाई चुस्त बनाएर अघि बढ्ने प्रतिवद्धता जनाए।

उनले भने, ‘म निष्पक्षताका साथ सभा सञ्चालनमा लाग्नेछु। प्रतिनिधि सभाको प्रतिनिधित्व ठिक ढंगले गर्नेछु। विगतका सभामुखहरुको कामबाट शिक्षा लिँदै संसदलाई चुस्त बनाउन लाग्नेछु।’

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा भएको मतदानमा सत्तारुढ दलका साझा उम्मेदवार घिमिरे १६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका हुन्। कांग्रेसको तर्फबाट उम्मेदवार रहेकी ईश्वरीदेवी न्यौपानेले भने १०० मत प्राप्त गरेकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .