ad ad

राजनीति


आत्मदाहको घटनाले राज्य लज्जित भएको छ : डा. शेखर कोइराला

आत्मदाहको घटनाले राज्य लज्जित भएको छ : डा. शेखर कोइराला

फाइल।


नेपालखबर
माघ ११, २०७९ बुधबार १४:१२, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नयाँ बानेश्वरमा भएको आत्मदाहको घटनाले राज्य लज्जित भएको बताएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा इलामको सूर्योदय नगरपालिकाका प्रेमप्रसाद आचार्यले गरेको आत्मदाहले राज्य लज्जित भएको बताएका हुन्।
 

‘प्रेमप्रसाद आचार्यले संघीय संसद् भवन अगाडि दिउँसो आफैंलाई आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेको घटनाले राज्य लज्जित भएको छ,’ कोइरालाले प्रश्न गरेका छन्, ‘हामी अझै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणवारे बहस गरेर अब त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको श्रृजना गर्ने कि सत्ताको अंकगणित मै अल्झिरहने?’

संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका आचार्यको बुधबार बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको छ। शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गर्दा ३७ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए। 

पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो। घटनास्थलबाट तत्कालै कीर्तिपुरस्थित बर्न अस्पताल लगिएर उनको उपचार गरिएको थियो। 

आत्मदाह प्रयासअगाडि फेसबुकमा ६ हजार ५३५ शब्द लामो आत्मलाप उनले लेखेका थिए। आफूले आत्मदाह गर्नुपर्ने कारणसहित जीवनको लामो भोगाइको वर्णन उनले त्यसमा गरेका थिए।

उद्यमीको परिचय बनाइसकेका उनले आफूले जीवनमा गरेका अनेक प्रयास असफल भएपछि यो कदम चाल्नुपरेको वर्णन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .