राजनीति


इलाम अपडेट : दुई वडाको गणना सकियो, ८२ मतले कांग्रेसका खड्का अगाडि

वडा नम्बर २ मा सुहाङले लिए अग्रता
इलाम अपडेट : दुई वडाको गणना सकियो, ८२ मतले कांग्रेसका खड्का अगाडि

नेपालखबर
बैशाख १६, २०८१ आइतबार १५:४६, काठमाडौँ

इलाम क्षेत्र नम्बर २ को मतगणना जारी छ। प्रारम्भिक मतपरिणाममा दुई वटा वडाको गणना सकिएको छ। फाकफोकथुमको वडा नम्बर १ र २ को गणना सकिँदा नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले अग्रता कायम राखेका छन्। 

उनले वडा नम्बर १ मा ६५७ र वडा नम्बर २ मा ४८८ मत गरी ११५५ मत प्राप्त गरेका छन्

त्यस्तै, नेकपा एमालेका सुहाङ नेम्बाङले उनलाई पछ्याइरहेका छन्। सुहाङले वडा नम्बर १ मा ५२९ र वडा नम्बर २ मा ५३४ मत गरी १०७२ मत प्राप्त गरे।

उनीहरुबीच ८२ मतको मतान्तर छ। 

त्यस्तै तेस्रोमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम छन्। उनले वडा नम्बर १ मा १८७ र २ मा १२४ मत प्राप्त गरे।

त्यस्त, रास्वपा उम्मेदवार मिलन लिम्बू चौथो स्थानमा छन्। उनले वडा नम्बर १ मा ११५ र २ मा ९४ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .