ad ad

राजनीति


आफन्तले आचार्यको शव बुझ्न नमानेपछि गृहमन्त्री लामिछाने आफैं पुगे अस्पताल

आफन्तले आचार्यको शव बुझ्न नमानेपछि गृहमन्त्री लामिछाने आफैं पुगे अस्पताल

तस्बिर : सरोज नेपाल/नेपालखबर


सरोज नेपाल
माघ ११, २०७९ बुधबार १४:२६, काठमाडौँ

गृहमन्त्री रवि लामिछाने कीर्तिपुर अस्पताल पुगेका छन्। मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनअगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएपछि लामिछाने बुधाबर दिउँसो कीर्तिपुर अस्पताल पुगेका हुन्।

आचार्यका परिवार र आफन्तहरू शव जिम्मा नलिएपछि गृहमन्त्री लामिछाने आफैं अस्पताल पुगेका हुन्। 

शव लिनुअघि राज्यको जिम्मेवार निकाय उपस्थित भएर सम्बोधन गर्नपर्ने आफन्तको भनाई थियो। मृतक आचार्यका मामा बसन्त भट्टराईका अनुसार मृत्युपछि सरकारको तर्फबाट  पहल गर्न आग्रह गरिएको थियो। 

स्वास्थ्य राज्यमन्त्री डा। तोसिमा कार्कीको सचिवालयमा समेत सम्बोधन गर्नका लागि पहल भएको तर कुनै जवाफ नआएको उनले बताएका थिए। 

लगत्तै, केहीबेर अघि गृहमन्त्री लामिछाने कीर्तिपुर अस्पताल पुगेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .