राजनीति


ऋषि धमलाकी पत्नी एलिजा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्दै

ऋषि धमलाकी पत्नी एलिजा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्दै

फाइल फाेटाे : एलिजा गौतम


नेपालखबर
माघ १४, २०७९ शनिबार ८:५०, बुटवल

पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने भएकी छन्।

आज शनिबार भैरहवामा एक कार्यक्रममा अभिनेत्री तथा मोडेलसमेत रहेकी एलिजा उन्मुक्ति पार्टी प्रवेश गर्ने भएकी हुन्। 

एलिजालाई पार्टी प्रवेश गराउन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ भैरहवा आइसकेकी छन्।

गौतमलाई पार्टी प्रवेश गराएर महत्त्वपूर्ण जिम्मेवारी दिन लागिएको अनुमान गरिएको छ। 

पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन पत्रकार ऋषि धमला पनि भैरहवा आउने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .