पूर्वसभामुख दमननाथ ढुंगानाले संविधान कार्यान्ववन भए/नभएको हेर्नका लागि एउटा छुट्टै निकाय बनाउन आवश्यक रहेको बताएका छन्।
शनिबार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
संविधान बनाउने तर कार्यान्वयन नहुने समस्या भएको भन्दै संविधानको पूर्ण कार्यान्वयनका लागि संविधान कार्यान्ववन भए÷नभएको हेर्ने छुट्टै निकाय बनाउन आवश्यक रहेको पनि उनले बताए।
‘संविधान युगौंयुगको लागि बनाइने हो, तर हामीलाई तत्कालको बेलामा एउटा सदस्यलाई मन्त्री बन्नबाट रोक्नको लागि बनाएका छौँ। संविधानमादूरदृष्टि हुनुपर्छ, त्यो हाम्रोमा भइरहेको छैन, हामीले तत्कालिक कुरालाई रोक्नका लागि संविधान बनाएका छौँ,’ उनले भने, ‘सबैलाई बाँध्नका लागि संविधान बनाउँदा कसैलाई पनि नबाँधिने संविधान भएको छ, अहिले संविधानले कसैलाई बाँधेको छैन।’
नेपालमा दूरदृष्टि राखेर संविधान निर्माण गर्न नसकिएको उनले बताए। उनले तत्कालको लागि सोचेर कोही मानिसलाई मन्त्री हुनबाट र वा अन्य प्रयोजनका लागि रोक्न संविधान बन्ने गरेकोप्रति दुःख व्यक्त गरे।
पूर्वसभामुख ढुंगानाले अहिलेको संविधान कसैलाई पनि नबाँध्ने किसिमको संविधान भएको बताए।
Shares

प्रतिक्रिया