ad ad

राजनीति


कांग्रेसले पार्टीका उम्मेदवारलाई असहयोग गर्नेविरुद्ध उजुरी दिने समय बढायो

कांग्रेसले पार्टीका उम्मेदवारलाई असहयोग गर्नेविरुद्ध उजुरी दिने समय बढायो

नेपालखबर
माघ १५, २०७९ आइतबार १६:५३, काठमाडौँ

नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्नेविरुद्ध परेका उजुरी केन्द्रमा बुझाउने समयावधि थप गरेको छ। 

कांग्रेसको केन्द्रीय अनुशासन समितिले आइतबार विज्ञप्ति जारी गरेर मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा असहयोग गर्नेविरुद्ध परेका उजुरी केन्द्रमा बुझाउने समयावधि थप गरेको हो। 

पार्टी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीद्वारा जारी विज्ञप्तिमा माघ मसान्तसम्म उजुरीहरु केन्द्रीय अनुशासन समितिमा पठाउन भनिएको छ। 

समितिले यसअघि माघ १५ गतेसम्ममा उजुरीहरु प्रदेश एवम् जिल्ला अनुशासन समितिबाट विधिवत निर्णय गरेर केन्द्रीय अनुशासन समिति समक्ष बुझाउन भनिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .