ad ad

राजनीति


गृहबारे रविलाई ओलीको जवाफ : जे समझदारी हो, त्यही कार्यान्वयन हुनुपर्छ

गृहबारे रविलाई ओलीको जवाफ : जे समझदारी हो, त्यही कार्यान्वयन हुनुपर्छ

फाइल तस्बिर


नेपालखबर
माघ १७, २०७९ मंगलबार १८:४२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रालय फेरि दिन अस्वीकार गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सोमबार साँझ सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्।

प्रधानमन्त्री प्रचण्डलाई मंगलबार बालुवाटार पुगेर भेटेका लामिछानेले ओलीलाई भेटेर आफ्नो कुरा राखेका हुन्।

गत पुस १० गते ओलीकै पहलमा सात दलीय गठबन्धनमा मिसिएका लामिछाने शुक्रबारसम्म गृहमन्त्रीका रुपमा थिए।

तर उनले प्रयोग गरेको नागरिकता सर्वोच्च अदालतले अवैध ठहर गरेपछि उनले एकै पटक सांसद, पार्टी सभापति र गृहमन्त्री पद पनि गुमाएका थिए।

तर आइतवार जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता लिएसँगै रवि फेरि गृहमन्त्रीको दौडमा छन्। उनले शुक्रबार र मंगलबार दुई पटक प्रचण्डलाई भेटेर गृहमन्त्रालयमै आफूलाई फर्काइदिन भनेका थिए।

तर गैरसांसद हैसियतमा रहेका रविको मुद्दाको फैसलाको पूर्णपाठ नआएसम्म प्रचण्ड उनलाई गृह दिन तयार छैनन्। माओवादी पदाधिकारीको मंगलबारको बैठकले पनि गृहमन्त्रालय प्रचण्ड आफैँले राख्नु पर्ने निष्कर्ष निकालेको थियो।

प्रचण्डले पनि पेरिसडाँडामा सर्वोच्चको फैसलाको पूर्णपाठ नआएसम्म गृहबारे थप कुनै निर्णय नहुने बताएका छन्। 

प्रचण्डको अडानपछि रवि एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका हुन्। जहाँ ओलीले यसअघि सत्ता साझेदार दलहरुबीच भएको समझदारीअनुसार नै अघि बढ्नुपर्ने जवाफ दिएको स्रोतले जनाएको छ।

'हामीबीच जे समझदारी हो, त्यही कार्यान्वयन हुनुपर्छ', रविसँगको भेटमा ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .