ad ad

राजनीति


फरार थुनुवामध्ये थप एक जना पक्राउ

फरार थुनुवामध्ये थप एक जना पक्राउ

नेपालखबर
माघ १७, २०७९ मंगलबार २१:७, जनकपुरधाम

इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फरार भएका ६ जना थुनुवाहरूमध्ये थप एकजना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर–२ बस्ने २५ वर्षीय अमित मण्डल रहेका छन्। 

इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट भित्ता फोडेर सोमबार बिहान ६ जना थुनुवा फरार भएका थिए।

हिरासत कक्षबाटै थुनुवाहरू फरार भएपछि जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रहरी कार्यालयको संयुक्त टोलीले सर्च अपरेश टोली खटाएर खोजतलास तीव्र पारेको छ।

सो टोलीले फरार थुनुवा मध्ये मण्डललाई पक्राउ गर्न सफल भएको हो। मण्डलमाथी सार्वजनिक शान्ति विरुद्धको अपराध मुद्दा चलिरहेको छ।

यसअघि प्रहरीले सोमबार साँझ मिथिला नगरपालिका वडा नम्बर–६ का २८ वर्षीय रोशन महतोलाई पक्राउ गरेको थियो। उनलाई हतियारसहित प्रहरीले गत शनिबार मात्रै पक्राउ गरेर सार्वजनिक गरेको थियो।

यता फरार रहेका बाँकी ४ जनाको खोज तलास तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .