ad ad

राजनीति


कांग्रेसले बोलायो संसदीय दल कार्यसमिति बैठक

कांग्रेसले बोलायो संसदीय दल कार्यसमिति बैठक

फाइल तस्बिर


नेपालखबर
माघ १८, २०७९ बुधबार १७:४५, काठमाडौँ

नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ।

राष्ट्रिय सभा उपाध्यक्षको चुनावबारे छलफल गर्न बैठक बोलाइएको हो।

मुख्य सचेतक रमेश लेखकअनुसार बिहीबार बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा संसदीय कार्यसमितिको बैठक बस्न लागेको हो। 

कांग्रेस संसदीय दल कार्यसमितिमा दलको नेता तथा सभापति शेरबहादुर, २ उपसभापति धनराज गुरुङ र पूर्णबहादुर खड्का, २ महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापा, मुख्यसचेतक रमेश लेखक, राष्ट्रियसभामा विपक्षी दलका नेता रमेशजंग रायमाझी र सचेतक अनिता देवकोटा सदस्य छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .