राजनीति


नेपालको विकास भए भारतलाई फाइदा पुग्छ : राजदूत श्रीवास्तव

नेपालको विकास भए भारतलाई फाइदा पुग्छ : राजदूत श्रीवास्तव

जनकपुरमा आयोजित नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको स्वागत कार्यक्रम। तस्बिर : नेपालखबर


नेपालखबर
माघ २०, २०७९ शुक्रबार १३:२५, जनकपुरधाम

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकार नेपालको विकासमा जोड दिन सधैँ प्रतिवद्ध रहेको बताएका छन्। 

नेपाल-भारत मैत्री युवा संघ केन्द्रीय समितिले शुक्रबार जनकपुरमा आफ्नो स्वागतमा गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

राजदूत श्रीवास्तवले नेपालको विकास भए भारतलाई पनि फाइदा हुने भएकाले भारत सरकार नेपालको विकासमा सबै सहयोग गर्न लागि परेकोसमेत स्पष्ट पारे। 

उनले जनकपुर–जयनगर रेल सेवा विस्तार गरेर जनकपुरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न भारत सरकार लागि परेको बताए। 

राजदूत श्रीवास्तवले नेपाल–भारत सम्बन्ध जनस्तरमै प्रगाढ रहेको उल्लेख गर्दै यसलाई अझै सृदृढ बनाउँदै लैजानुपर्ने पनि बताए। 

‘नेपाल र भारतबीच दुई देशको सम्बन्ध त छँदैछ। त्यो भन्दा बढी जनस्तरको सम्बन्ध छ। भारतको इच्छा नेपालमा कसरी विकास गर्न सकिन्छ भन्ने हो', उनले भने, 'मित्रताको साथमा विकास पनि भारतको जोड दिएको छ। किनकी नेपालको विकास भयो भने त्यसले भारतलाई पनि फाइदा हुने हो। यस कार्यमा भारतको सरकार पूर्ण रुपमा चाहना हो।’

राजदूत श्रीवास्तवले भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनामा थप सहयोग अभिवृद्धि गर्ने दिशामा सक्दो पहल गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .