राजनीति


रास्वापासँग कुरा हुँदैछ, समस्या समाधान हुन्छ : प्रधानमन्त्री प्रचण्ड

रास्वापासँग कुरा हुँदैछ, समस्या समाधान हुन्छ : प्रधानमन्त्री प्रचण्ड

नेपालखबर
माघ २१, २०७९ शनिबार १७:११, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयलाई लिएर रास्वपासँग भएको समस्याको समाधान हुने बताएका छन्। 

शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्।

माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले मेरो कुरा हुँदैछ। समस्या समाधान हुन्छ।’

गृह मन्त्रालय पाउनपर्ने माग राख्दै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले २ दिनको समय दिएको छ। बिहीबार २ दिनको समय दिएको रास्वपाले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको जवाफ कुरेर बसिरहेको छ। 

यो विषयमा शनिबार बसेको माओवादी बैठकमा पनि छलफल भएको थियो। त्यसपछि संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले समस्या समाधान हुने बताएका हुन्। 

त्यस्तै, राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गर्नपर्ने निश्कर्ष पनि माओवादीले निकालेको छ। 

एमालेलाई बाहिर राख्न नखोजेको भन्दै अहिले राष्ट्रिय सहमतिको प्रयास भइरहेको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बताएका छन्। अ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .