राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएपछिको आक्रोश अनेक रुपमा पोखेका छन्।
सरकार छाड्ने निर्णयको सबैभन्दा आक्रोश उनले नेपाली सञ्चारमाध्यमका मालिक र सम्पादकहरुसँग पोखेका छन्।
उनले आफूले गर्दे नगरेको गल्तीलाई लिएर मिडयाले खेदेको भन्दै पटक पटक गुनासो गरे। उनले मिडिया मालिक र सम्पादकहरुलाई आलोचना गर्ने क्रममा तल्लोस्तरका शब्दहरु प्रयोग गर्दै आक्रोश पोखे।
आफूलाई केही सम्पादकहरुले डाक्टरको सल्लाह नै लिएर खेदेको दाबी पनि उनले गरे। अहिले पनि आफूलाई चारवटी श्रीमतीको पति भन्दै खेदो गरिरहेको पनि उल्लेख गरेका छन्।
'डाक्टरले नै त्यसलाई नखेदी रोग निको हुँदैन भनेका थिए। चारवटा श्रीमती बिहे गरेको मान्छे भनेर लेखेछन्', उनले भने, 'जिन्दगीभर गगन (कांग्रेस महामन्त्री) ले बाख्राबाट मुक्ति पाउँदैनन्। उनले लाख पटक भनिसके बाख्राको विषयमा गल्ती गरेको छैन भनेर तर उनले मुक्ति पाउँदैनन्', उनले भने, 'मेरो पहिलो बिहे बिग्रियो। अनि त्यसपछि अर्की युवतीसँग म प्रेममा परेँ। त्यताबाट एकजना बच्चा भयो। तर चार श्रीमती भनेर हल्ला गरिदिए। हुँदा हुँदा केटाकेटीको कुरा पनि लेखिदिन्छन्। गगनलाई बाख्रा र मलाई चार श्रीमतीले कहिल्यै छाड्दैनन्।'
प्रतिक्रिया