ad ad

राजनीति


रविको नाम मतदाता नामावलीबाट हटाउन माग गर्दै निर्वाचन कार्यालयमा उजुरी

रविको नाम मतदाता नामावलीबाट हटाउन माग गर्दै निर्वाचन कार्यालयमा उजुरी

नेपालखबर
माघ २४, २०७९ मंगलबार २२:२१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाम मतदाता नामावलीबाट हटाउन माग गर्दै जिल्ला निर्वाचन कार्यालय काठमाडौँमा उजुरी परेको छ। अधिवक्ता अनुपम भट्टराईले सो उजुरी दिएका हुन्।

हालै सर्वोच्च अदालतले लामिछानेले अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत् रुपमा नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पुरा गरेको नदेखिएको फैसला दिएपछि उनको सांसद र मन्त्री पद गएको थियो।

फैसलालगत्तै लामिछानेले नयाँ नागरिकता लिइसकेका छन्। 

तर, लामिछानेले पुरानो नागरिकताको आधारमा लिएको मतदाता परिचय पत्र रद्ध गरिदिन माग गर्दै अधिवक्ता भट्टराईले निवेदन दिएका हुन्। 

उनले मतदाता नियमावली ऐन, २७३ को दफा १८(२) बमोजिम नामावलीबाट लामिछानेको नाम हटाउन माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .