नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको सुविधा दिन नहुने माग गर्दै परेको रिट न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा सुनुवाइ हुने भएको छ।
पार्टीलाई प्रतिपक्ष र सो पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा दिन नहुने माग गर्दै परेको रिटमा आज सुनुवाइ हुँदैछ।
अधिवक्ता विमलप्रसाद पोखरेलले संसद् सचिवालयविरुद्ध सो रिट निवेदन दिएका थिए।
सर्वोच्च अदालतकी न्यायाधीश सपनामल्ल प्रधानले उक्त रिट निवेदन दर्ता गर्न आदेश दिएकी थिइन्। सोही आदेशअनुसार अधिवक्ता पोखरेलेको रिट निवेदन दर्ता भएको हो।
यसअघि सर्वोच्च अदालतको रजिस्ट्रारले सो निवेदन दरपिठ गरेका थिए।
63
Shares

प्रतिक्रिया