ad ad

राजनीति


प्रधानमन्त्रीले भने- राष्ट्रपति पछि नै थाहा हुन्छ

प्रधानमन्त्रीले भने- राष्ट्रपति पछि नै थाहा हुन्छ

फाइल।


नेपालखबर
माघ २५, २०७९ बुधबार ११:४७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको विषयमा निर्णय भइनसकेको बताएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा छलफल गरेर निस्किँदैगर्दा सञ्चारकर्मीसँग सो कुरा बताएका हुन्। 

‘राष्ट्रपति को हुन्छ पछि नै थाहा हुन्छ’, उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने। 

१० पुसमा प्रधानमन्त्री नियुक्त हुँदा एमालेलाई सभामुख र राष्ट्रपति दिने सहमति भएको बताइएको थियो। तर पछिल्ला दिन राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने अभिव्यक्ति दिँदै आएका प्रधानमन्त्री प्रचण्डले यसबारे पछि मात्र थाहा हुने बताएका हुन्।

२६ पुसमा विश्वासको मत लिँदा प्रचण्डलाई नेपाली कांग्रेसले पनि समर्थन गरेको थियो। कांग्रेसले राष्ट्रपतिमा माओवादीबाट साथ पाइने विश्वास लिएको छ। कांग्रेस र एमाले दुवै दलले राष्ट्रपतिमा रुचि देखाएपछि यसबारे अनेक खालका चर्चा चलिरहेका छन्। 

एमालेका केही नेताहरुले माओवादीले कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्नसक्ने शंका गरिरहेका छन्। यही बेलामा बुधबार बालकोटमा भएको छलफलमा पनि राष्ट्रपतिको विषयमा कुराकानी भएको प्रधानमन्त्रीले संकेत गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .