ad ad

खेल


च्याम्पियन्स लिगअघि पीएसजीलाई राहत, नेयमार र रामोस फर्किए

च्याम्पियन्स लिगअघि पीएसजीलाई राहत, नेयमार र रामोस फर्किए

नेपालखबर
माघ २५, २०७९ बुधबार ११:५२, काठमाडौँ

पछिल्ला खेलमा खेलाडीको चोटका कारण तनावमा रहेको पेरिस सेन्ट जर्मन (पीएसजी) लाई केही राहत मिलेको छ। पीएसजीका प्रमुख डिफेन्डर सर्जिओ रामोस र फरवार्ड नेयमार जुनियर टोलीमा फर्किएका छन्।

बुधबार राति हुने मार्सिलेविरुद्धको खेलमा नेयमार र रामोस एकसाथ टोलीमा फर्किएका हुन्। पीएसजीले बुधबार राति लिग १ को दोस्रो स्थानमा रहेको मार्सिलेसँग फ्रेन्च कपमा खेल्दै छ। अघिल्लो हप्ता मोन्टपेलियरसँगको खेलमा रामोस चोटका कारण पहिलो हाफमै बाहिरिएका थिए।

त्यसपछि एक खेल गुमाएका रामोसमा गम्भीर चोट नदेखिएसँगै उनी टोलीमा सामेल भएका हुन्। मोन्टपेलियरसँगको खेलकै क्रममा घाइते भएका फरवार्ड केलियन एम्बाप्पे भने यो महिना मैदानबाहिरै रहनेछन्।

पीएसजीले लिग १ मा यो साता शनिबार राति मोनाकोसँग खेल्दै छ। 

२२ औं चरणका खेल सकिँदा पीएसजी ५४ अंकसहित शीर्षस्थानमा रहँदा मार्सिले ४६ अंकसहित दोस्रो स्थानमा छ। 

त्यसपछि हुने च्याम्पियन्स लिगको अन्तितम १६ को खेलअघि प्रमुख डिफेन्डर र फरवार्ड फर्किएसँगै पीएसजीलाई केही राहत मिलेको छ। अन्तिम १६ को खेलमा पीएसजीले मंगलबार राति बार्यनम्युनिखसँग खेल्नेछ। पीएसजीको घरेलु मैदानमा हुने उक्त खेल एम्बाप्पेले भने गुमाउने पक्का भएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .