राजनीति


राष्ट्रियसभा उपनिर्वाचन : एमालेका कुमार दसौदी विजयी

राष्ट्रियसभा उपनिर्वाचन : एमालेका कुमार दसौदी विजयी

नेपालखबर
माघ २५ , रुपन्देही

लुम्बिनी प्रदेशमा बुधबार भएको राष्ट्रियसभा उपनिर्वाचनमा सत्ता गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार कुमार दसौदी निर्वाचित भएका छन्।

नेकपा माओवादी केन्द्रसहितको साथ पाएका उनले ४ हजार २६ मतभार प्राप्त गरी निर्वाचित भएका प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।

प्रदेश राजधानी दाङस्थित घोराहीको कर्मचारी मिलन केन्द्रमा बुधबार बिहान १० बजेदेखि सुरु भएको मतदान ३ बजेसम्म चलेको थियो।

यो निर्वाचनमा ३०५ मतदाता थिए। जसमा एकजनाले मतदान गरेनन्।

यो उपनिर्वाचनमा एमालेका दसौदीसँगै कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्र विक्रम राय उम्मेदवार थिए।

पराजित कांग्रेसका आचार्यले ३ हजार ७२० र नागरिक उन्मुक्तिका रायले १९२ मत ल्याउन सफल भए। 

    माघ २५, २०७९, बुधबार

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क

    +977 9851081116
    [email protected]

    जीवन बस्नेत
    कार्यकारी निर्देशक
    पिनाकी राय
    बिजनेश एड्भाइजर
    सविन पोखरेल
    लेखा तथा प्रशासन प्रमुख
    ललिता तामाङ
    कार्यालय सहयोगी

    नेपालखबर टीम


    विशेष संवाददाता
    सागर न्यौपाने

    उप–सम्पादक
    खगेन्द्र गिरी
    नवराज रेग्मी
    रूपबहादुर विश्वकर्मा
    विद्यानाथ अधिकारी

    ग्लोबल अफेयर्स संयोजक
    सन्तोष घिमिरे

    समाचार संयोजक
    ज्ञानेन्द्र खड्का

    निर्वाचन सम्पादक
    जेवी पुन मगर

    म्यागेजिन सम्पादक
    सीताराम बराल

    प्रधान सम्पादक
    पूर्ण बस्नेत
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.