नेपाली कांग्रेसले संसदीय दलको बैठक स्थगित गरेको छ।
कांग्रेसले बिहीबारका लागि तय गरेको संसदीय दलको बैठक स्थगित गरेको हो।
संसदीय दल कार्यसमितिको माघ २२ गते धुम्बाराहीमा बसेको बैठकले बिहीबारका लागि दलको बैठक बोलाउने निर्णय गरेको थियो।
तर, अन्तिम समयमा आएर बैठक स्थगित गरिएको मुख्य सचेतक रमेश लेखकको सचिवालयले पुष्टि गरेको छ।
‘भोलिका लागि बस्ने भनिएको बैठक स्थगित भएको छ,’ लेखकका स्वकीय सचिव जनक भट्टले भने।
यसअघि कांग्रेसले माघ १५ गतेका लागि तय गरिएको केन्द्रीय कार्यसमिति बैठक पनि अनिश्चितकालका लागि स्थगित गरेको थियो।
माघ २५, २०७९, बुधबार
प्रतिक्रिया