राजनीति


अब डेरावालको विवरण प्रहरीमा नबुझाए घरधनीलाई कारबाही

अब डेरावालको विवरण प्रहरीमा नबुझाए घरधनीलाई कारबाही

नेपालखबर
पुस १५, २०७६ मंगलबार ६:५२,

गृह मन्त्रालयले काठमाडौँका घर धनीलाई भाडामा बस्नेको सम्पूर्ण विवरणसहितको सूची प्रहरीकोमा अनिवार्य रुपमा दिन निर्देशन दिएको छ।

पछिल्लो समय काठमाडौँ उपत्यका लगायत देशका मुख्यमुख्य शहरमा घर भाडामा लिई विभिन्न अवराधिक गतिविधि, लुटपाट, डकैती लगायतका गतिविधि गरिरहेको भेटेपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो।

केही दिनअघि गृहमन्त्री, गृहसचिव, सुरक्षा निकायका प्रमुखसहित गृह मन्त्रालयमा बसेको बैठकले अपराधिक गतिविधि नियन्त्रण, शान्ति सुरक्षा र जनधनको सुरक्षाका लागि भन्दै यस्तो निर्णय गरेको हो।

पछिल्लो समय संकास्पद गतिविधिमा चिनियाँ नागरिकहरु काठमाडौँको विभिन्न स्थानबाट पक्राउ परेका थिए। उनीहरुले विभिन्न स्थानमा कोठा, फ्ल्याटदेखि घर नै भाडामा लिएर गतिविधि गर्दै आएको भेटेपछि गृह मन्त्रालयले घरधनीसँग भाडामा बस्नेको सम्पूर्ण विवरण दिन माग गरेको हो।

‘काठमाडौँ उपत्यकालगायत देशका मुख्य मुख्य शहरी क्षेत्रहरुमा घरभाडामा दिने र लिने व्यक्ति, संस्था र कार्यालयले घरभाडामा दिँदा र लिँदा आफ्नो घरमा भाडामा बस्ने ब्यक्ति–संस्था–कार्यालयको परिचय खुल्ने कागजातसहितको विस्तृत विवरण–जानकारी एवं छाडेको विवरण र जानकारी समेत नजिकको स्थानीय प्रहरी इकाईमा अनिवार्य रुपमा दिने र स्थानीय प्रहरी इकाईले पनि अनिवार्य रुपमा लिई घरभाडामा बस्ने र छाड्नेहरुको नियमित एवं अद्यावधिक अभिलेख राख्नुपर्नेछ’, गृहको निर्णयमा भनिएको छ।मन्त्रालयले डेरावालको विवरण उपलब्ध नगराउने घरधनीलाई कारबाही गर्ने चेतावनी समेत दिएको छ।

यसअघि यो व्यवस्था ऐच्छिक थियो। गृहले नयाँ निर्णयसँगै यसलाई कडाइका साथ लागू गर्ने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad