कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको मंगलबारको पहिलो खेलको पहिलो हाफमा च्यासल युथ क्लब र जावलाखेल युथ क्लबले गोलरहित बराबरी खेलेका छन्।
पहिलो हाफमा पाएको केही अवसरको दुवै टोलीले सदुपयोग गर्न सकेनन्। खेलको ३४औं मिनेटमा च्यासलका सुनिल बलको फ्रीकिक प्रहार अनमार्कमा रहेका छिरिङले सदुपयोग गर्न सकेनन्।
४१औँ मिनेटमा पेनाल्टी बक्स भित्र पाएको बल सन्तोष साहुखलले सदुपयोग गर्न सकेनन्।
४४औँ मिनेटमा जावलाखेलका फोफे फोफानाले सिक्स याडभित्र सुजित बुढाथोकीलाई दिएको प्रहार बाहिरियो।
3
Shares

प्रतिक्रिया