ad ad

राजनीति


राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिएकै व्यक्ति जित्छ : शेखर कोइराला

राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिएकै व्यक्ति जित्छ : शेखर कोइराला

फाइल।


नेपालखबर
फागुन ९, २०७९ मंगलबार १३:२३, काठमाडौँ

नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले राष्ट्रपति पद लिनेभन्दा पनि जित्नुपर्ने बताएका छन्।

प्रेस युनियन सिन्धुलीले मंगलबार सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले राष्ट्रपति पद कांग्रेस सर्मथकले जित्ने जिकिर गरेका हुन्।

पार्टीमा सहमति हुने र तत्काल राष्ट्रपति पदको उम्मेदवार हुने यही नै बेला हो भन्ने नआइसकेको उनको भनाइ छ।

‘राष्ट्रपतिको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को प्रमुख भूमिका रहन्छ, हामीले माओवादीका नेताहरूसँग सल्लाह र घनिभूत छलफल गरिरहेका छौँ, नेपाली कांग्रेसले उक्त पदमा उम्मेदवार दिन्छ र त्यो उम्मेदवारले जित्छ तपाईँहरु ढुक्क हुनुस्।’ उनले भने।

दल बाहिरको व्यक्ति राष्ट्रपति पदको उम्मेदवार भए राष्ट्रिय सहमति निकाल्न सकिने पनि उनले बताए।

‘एक वर्षमा हुनुपर्ने पार्टीका काम हुनसकेका छैनन्,सङ्गठनलाई मजबुत बनाउन सकिएन भने आगामी निर्वाचनको नतिजा अर्कै हुनेछ त्यसैले पार्टीलाई बलियो बनाउनु पर्दछ’, उनले भने।

लोकतन्त्रलाई बलियो बनाउन कांग्रेसले जनतासँग सहकार्य गर्नुपर्ने र देशको विकास तथा  समृद्धिका लागि हरेक विषयमा जनतालाई जोडेर लगे लोकतन्त्र सुदृढ, शुसासन, पारदर्शिता हुनाका साथै  दलप्रति जनताको विश्वास रहने नेता कोइरालाको भनाइ थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .