ad ad

राजनीति


उपराष्ट्रपतिमा ममता झालाई उठाउने जनमत पार्टीको निर्णय

उपराष्ट्रपतिमा ममता झालाई उठाउने जनमत पार्टीको निर्णय

फाइल तस्बिर


नेपालखबर
फागुन २६, २०७९ शुक्रबार १७:३५, काठमाडौँ

डा. चन्द्रकान्त रावत 'सीके' नेतृत्वको जनमत पार्टीले चैत ३ गते हुने उराष्ट्रपतिको निर्वाचनमा ममता झालाई उठाउने निर्णय गरेको छ।

उपराष्ट्रपति पद आफूहरुले पाउनुपर्ने निर्णयसहित झालाई अघि सारिएको जानकारी जनमतका नेता डा. चन्दन सिंहले नेपालखबरलाई बताए। 

५३ वर्षीया झा अहिले जनमतको सप्तरी जिल्ला इन्चार्ज छिन्। उपराष्ट्रपतिका लागि ४५ वर्ष पुगेको हुनुपर्ने प्रावधान छ।

 जनमतका अध्यक्ष राउतले सप्तरी क्षेत्र नम्बर २ बाटै मंसिर ४ मा प्रतिनिधिसभाको चुनाव जितेका थिए। 

यसअघि नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिमा उठाउने निर्णय गरेको थियो। तर उनी हाल ४० वर्ष मात्रै भएकाले उपराष्ट्रपतिमा उनको दाबी पुग्ने अवस्था छैन। 

अर्कातिर जनता समाजवादी पार्टीले बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा विजयी रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिमा अघि सारेको छ। उनी जसपा संसदीय दलका नेता पनि हुन्। 

नेपाली कांग्रेस र  नेकपा मा‌ओ‌वादी केन्द्रसहितको सत्ता गठबन्धनले जसपालाई नै उपराष्ट्रति दिने समझदारी कायम गरेको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .