राजनीति


अर्थमन्त्री हुने चर्चाबीच गगन भन्छन् : प्रधानमन्त्री पो हुन्छु कि जस्तो लाग्न थालेको छ

अर्थमन्त्री हुने चर्चाबीच गगन भन्छन् : प्रधानमन्त्री पो हुन्छु कि जस्तो लाग्न थालेको छ

फाइल तस्बिर


नेपालखबर
फागुन २६, २०७९ शुक्रबार १९:२६, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू प्रधानमन्त्री हुने बाटोतिर गइरहेको आभास भइरहेको बताएका छन्। 

शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन’लाई सम्बोधन गर्दै उनले यसो भनेका हुन्। 

कार्यक्रममा अन्तिम वक्ता प्रधानमन्त्री पुष्पकमल दाहाल कार्यक्रममा नआएपछि महामन्त्री थापाले यसो भनेका हुन्। थापा नै सम्मेलनको अन्तिम वक्ताका रुपमा बोलेका थिए। 

'प्रधानमन्त्री नआएकाले अन्तिम वक्ता भएँ। हिजो (फागुन २५) गते पनि सभापति शेरबहादुर देउवा नआएपछि मैले नै अन्तिम वक्ताको रुपमा कार्यक्रमलाई सम्बोधन गर्ने अवसर पाएको थिएँ', उनले भने, 'म अब यथार्थमा प्रधानमन्त्री हुन लागेको हो भन्ने लागिरहेको छ।'

उनले राजनीतिज्ञहरुलाई अर्थशास्त्रीय दृष्टिकोण बुझाउने काममा लाग्न पनि अर्थशाष्त्रीहरुलाई आग्रह गेका छन्। 
महामन्त्री थापाले मुलुकको अर्थतन्त्रबारे राजनीतिज्ञहरुलाई बुझाउनुको साटो अर्थशास्त्रीहरुले गाली गर्ने गरेको गुनासो पनि गरे। 

‘आज प्रधानमन्त्रीजी अरु केही व्यवस्तताका कारण आउन पाउनु भएन। हिजो सभागृहमा यस्तै कार्यक्रम थियो। मेरो पार्टी सभापति बस्ने कुर्सी त्यहाँनिर थियो', उनले भने, 'पार्टी सभापति आइपुग्नु भएन। त्यसपछि अन्तिम वक्ता म भएँ। आज प्रधानमन्त्री आइपुग्नु भएन। अन्तिम वक्ता म भएँ। सब्सिच्यूट भइराख्या छु। त्यो रियल हुने बाटोतिर गएको हो कि जस्तो लाग्न थालेको छ।’

महामन्त्री थापाले मुलुकमा देखिएको आर्थिक संकट समाधानका लागि अर्थशास्त्रीहरुले यथार्थमा आधारित भएर सुझाव दिनुपर्नेतर्फ पनि सचेत गराएका छन्।

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .