राजनीति


कांग्रेसको अग्रसरतामा माओवादी एमालेसँगको अस्वभाविक गठबन्धनबाट मुक्त भयो : निधि

कांग्रेसको अग्रसरतामा माओवादी एमालेसँगको अस्वभाविक गठबन्धनबाट मुक्त भयो : निधि

नेपालखबर
चैत २, २०७९ बिहिबार १३:१, काठमाडौँ

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले कांग्रेसको अग्रसरतामा नेकपा माओवादी केन्द्र नेकपा एमालेसँगको अस्वभाविक गठबन्धनबाट मुक्त भएको बताएका छन्।

कांग्रेस ललितपुर नगर कार्यसमितिले बिहिबार बिहान मंगलबजारमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले बाहिर जतिसुकै आलोचना भए पनि कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएर परिपक्व निर्णय गरेको बताए।

निर्वाचन लगत्तै गठबन्धनकारी दलबीचको असहमतिका कारण कांग्रेसका नेता–कार्यकर्तामा निराशा छाएको भए पनि विश्वासको मत दिएपछि कोर्स करेक्सन भएको नेता निधिको भनाइ थियो। 

गठबन्धनमा रहेका दलहरुबीच राष्ट्रपति निर्वाचनमा कांग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेलको नाममा सर्वसम्मती भएको उल्लेख गर्दै उनले उपराष्ट्रपति निर्वाचन लगत्तै सरकारले विश्वासको मत लिने बताए। 

सरकारले विश्वासको मत पाएपछि कांग्रेस सरकारमा जाने भन्दै निधिले गठबन्धन दलहरुबीच भएको सहमति अनुसार सरकार पाँच वर्षसम्म कायम रहने बताए।

पहिलो चरणमा प्रचण्ड, दोस्रो चरणमा माधवकुमार नेपाल र तेस्रो अर्थात निर्वाचन गराउने सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने निधिले बताए। 

उनले गठबन्धनमा रहेका दलहरुको पहलमा पाँच वर्षभित्र संविधान कार्यान्वयन गराउने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .