राजनीति


ओली भन्छन् : नेपालको पहिलो प्रधानन्यायाधीश जुद्ध शमशेरका माइला छोरा हुन्

ओली भन्छन् : नेपालको पहिलो प्रधानन्यायाधीश जुद्ध शमशेरका माइला छोरा हुन्

नेपालखबर
चैत २, २०७९ बिहिबार १९:२२, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको पहिलो प्रधानन्यायाधीश तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेर राणाका माइला छोरा भएको दाबी गरेका छन्। 

बिहीबार काठमाडौंमा आयोजित कानुनका विद्यार्थीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालको कानुनको इतिहासमा हरिप्रसाद प्रधानलाई पहिलो प्रधानन्यायाधीश भनेर उल्लेख गरिएको तर त्यो सत्य नभएको बताए। 

अध्यक्ष ओलीले भने, ‘दार्जिलिङमा वकालत पेश गरेर बसिरहेका भारतीय नागरिक हरिप्रसाद प्रधानलाई नेपालमा ल्याइयो। र, नेपालको संविधान संशोधन गरेर विदेशी नागरिक पनि देशको प्रधानन्यायाधिश हुन सक्छ भन्ने संविधान संशोधन गरेर प्रधानन्यायाधीशमा हरिप्रसाद प्रधानलाई नियुक्त गरियो। एउटा तपाईहरुको कोर्शमा कहिलेकहिले आउन सक्छ हरिप्रसाद प्रधान नेपालको पहिलो प्रधानन्यायाधीश हुन भन्ने कुरा। तर होइन। जुद्ध शमशेरको छोरा नेपालको पहिलो प्रधानन्यायाधीश हुन्।’ 

उनले भारतीय नागरिक प्रधानलाई विपी कोइरालाले आफ्नो घनिष्टता भएको कारणले नेपालमा ल्याएर प्रधानन्यायाधीश बनाउने असंवैधानिक काम गरेको आरोप लगाए। 

उनले थपे, ‘२००७ सालको परिवर्तनभन्दा पछि विदेशीलाई प्रधानन्यायाधीश बनाउनका लागि संविधान संशोधन गर्नेजस्तो गम्भिर असंवैधानिक, विदेशी नागरिकलाई देशको न्यायालयको प्रमुख बनाउने कुरा संवैधानिक हुनै सक्दैन। तर, भयो। किनभने उहाँको विपी कोइरालाजीसँग दार्जिलिङमा हुँदाखेरी घनिष्टता बढेको थियो। विपी कोइरालाजीसँग घनिष्टता बढेको हुनाले गैर नेपाली नागरिक हरिप्रसाद प्रधानलाई प्रधानन्यायाधीश बनाइयो। फेरि २०१५ सालमा अर्को संविधान बन्यो। त्यो संविधानको आयू धेरै रहेन। २०१७ सालमा त्यो संविधानलाई खारेज गरियो।’

अध्यक्ष ओलीले न्याय सम्पादनमा आफू निष्पक्ष हुन नसके सो मुद्दा नहेर्ने नैतिकता न्यायाधीशहरुले देखाउनुपर्ने पटकपटक दोहोर्याए।

न्यायालय राजनीतिक आग्रह वा अन्य खालको स्वार्थमा परेकाले मुलुकको न्याय सम्पादन निष्पक्ष र स्वतन्त्र हुन नसकेको दाबी समेत गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad