ad ad

राजनीति


उपनिर्वाचनबारे छलफल गर्न जसपा कार्यकारिणी समितिको बैठक बस्दै

उपनिर्वाचनबारे छलफल गर्न जसपा कार्यकारिणी समितिको बैठक बस्दै

नेपालखबर
चैत ८, २०७९ बुधबार ७:५, काठमाडौँ

वैशाख १० गते हुने उपनिर्वाचनबारे छलफल गर्न जसपा कार्यकारी समिति बैठक आज बस्दैछ।

चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएपछि केन्द्रीय कार्यकारिणी समिति सदस्य रामसहायप्रसाद यादव सांसद पदबाट राजीनामा दिएका छन्। बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित यादवले राजीनामा दिएपछि यो क्षेत्रमा उपनिर्वाचन हुँदैछ।

उपनिर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्नेबारे छलफल गर्न बालकुमारीस्थित पार्टी कार्यालयमा आज दिउँसो १ बजे बैठक डाकिएको हो।

बारा २ बाट जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्न चर्चा छ। यादव गत मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका थिए।

बैठकमा सरकारमा सहभागी हुनेबारे पनि छलफल हुने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .