नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पर्सि (सोमबार) सम्म मन्त्रिपरिषद् विस्तार भइसक्ने दाबी गरेका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सो कुरा बताएका हुन्।
‘क्याबिनेट विस्तार पर्सिसम्ममा गरेर डेलिभरीका कुरामा अघि बढ्ने छलफल भएको छ,’ पौडेलले भने।
उनले मन्त्रिपरिषद् विस्तार गर्न कुनै समस्या नरहेको पनि दाबी गरे।
‘क्याबिनेट विस्तार अल्झिएको छैन। पछिललो गठबन्धनका सबै दलसँग बसेर अलग अलग प्रस्ताव बनाउनुस भनिएको थियो,’ पौडेलले अघि भने, ‘उहाँ(पुष्पकमल दाहाल)ले सबै दलसँग छलफल गरेर सके भोलि नत्र पर्सिसम्म गठबन्धन दलको बैठक बोलाएर प्रस्ताव गर्नुहुन्छ। छिट्टै क्याबिनेट विस्तार हुन्छ।’
क्याबिने विस्तारका लागि गठबन्धनका दलहरुसँगको होमवर्कको कारणले एक दुई दिन ढिला भएको उनले स्वीकार गरे।
Shares
प्रतिक्रिया