भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले आफ्नो ट्विटर ह्यान्डलको बायोमा ‘अयोग्य सांसद’ लेखेका छन्।
उनको ट्विटरको बायोमा अंग्रेजीमा लेखिएको छ– ‘यो राहुल गान्धीको अफिसियल अकाउन्ट हो। भारतीय राष्ट्रिय कांग्रेसका सदस्य। अयोग्य सांसद।
हेर्नुहोस्
राहुल गान्धीको सांसद (लोकसभा सदस्य) पद केही दिनअघि मात्र खारेज भएको छ।
गत बिहीरबार सुरतको एक अदालतले चार वर्ष पुरानो मानहानि मुद्दामा राहुललाई दुई वर्ष जेल सजायको फैसला सुनाएको थियो भने त्यसको भोलिपल्ट भारतीय लोकसभा सचिवालयले सूचना जारी गर्दै राहुलको लोकसभा सदस्य पद खारेज गरिएको जानकारी दिएको हो।
राहुलको सांसद पद खारेज भएपछि भारतीय कांग्रेसले देशभर आन्दोलन गरिरहेको छ।
चैत १२, २०७९, आइतबार
प्रतिक्रिया