मौसम पूर्वानुमान महाशाखाले २४ घण्टाका लागि चेतावनी जारी गरेको छ। आइतबार (आज) साँझ ६ बजे महाशाखाले आगामी २४ घण्टा (सोमबार साँझ ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गरेको हो।
जसमा भनिएको छ– कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र देशका बाँकी पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन/चट्याङ तथा हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
महाशाखाका अनुसार आज राति कोशी, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
यस्तै भोलि सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा र देशका बाँकी पहाडी क्षेत्रका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखााका अनुसार सोमबार राति कोशी र गण्डकी प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
प्रतिक्रिया