प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान सभामुख घिमिरे र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
संसदलाई प्रभावकारी रुपमा अघि बढाउनेबारे उनीहरूबीच छलफल भएको जनाइएको छ।
सभामुखको अधिकारमा अंकुश लगाउन खोजिएको भन्दै पछिल्लो समय आलोचनासमेत भइरहेको छ। यसका बारेमा सभामुख घिमिरेले विभिन्न राजनीतिक दलहरूसँग समेत छलफल गरिरहेका छन्।
चैत १३, २०७९, साेमबार
प्रतिक्रिया