प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले मिटरब्याजको जड सरकार भएको बताएका छन्।
बुधवारको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले मिटरब्याजको जड साहु नभएर सरकार भएको बताएका हुन्।
उनले सरकारले देशलाई अस्तव्यस्त बनाएर शासन गर्न खोजेको बताए।
उनले सरकारले गरिबी र अशिक्षामाथि शासन गर्न खोजेको बताए। सिंहले देशमा मिटरब्याज, सेन्टिमिटर ब्याज र मिलिमिटर ब्याज गरी तीन प्रकारको ब्याज रहेको टिप्पणी गरे।
उनले भने, ‘मिटरब्याजी पीडितहरु हाम्रो राज्य सञ्चालनको ऐना हो। राज्यले नै ३ थरिको ब्याज तय गरेको छ। मिटरब्याज, माइक्रोफाइनान्सबाट सेन्टिमिटर ब्याज र बैंकबाट मिलिमिटर ब्याज। मिलिमिटर ब्याज उद्योगपतिहरुलाई दिइन्छ। मिटरब्याजको जड साहु होइन सरकार हो। सरकार यो देशलाई अस्तव्यस्त बनाएर, गरिबलाई झन् गरिब बनाएर शासन गर्न खोजेको हो। गरिबी र अशिक्षामाथि सरकारले सरकार सञ्चालन गर्न खोजेको हो। कहिले पनि शिक्षाको विकास गर्दैन। गरिबको चिन्ता गर्दैन।’
प्रतिक्रिया