नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अझैसम्म पार्टीले सरकारमा पठाउने मन्त्रीको नाम टुंगो नलागेको बताएका छन्।
खड्काले नै उपप्रधानमन्त्रीका रूपमा कांग्रेसबाट सरकारको नेतृत्व गर्ने पक्का छ। तर उनले पाउने मन्त्रालय अझै टुंगिएको छैन। उनले उपप्रधानमन्त्रीसहित रक्षा मन्त्रालय सम्हाल्ने चर्चा थियो।
'सामाजिक सञ्जालमा देखिएपछि प्रष्ट पार्नु राम्राे हाेला भन्ने लागेर', उनले बिहीबार राति भनेका छन्, 'अहिलेसम्म पार्टीकातर्फबाट मन्त्रीहरुकाे फाइनल नाम टुङ्गाे लागिसकेकाे छैन।'
उनको आशय बिहीबार सार्वजनिक भएअनुसारका नाम नै मन्त्री हुने सम्भावना नरहेको तर्फ थियोे। बिहीबार साँझ खड्का, डा. प्रकाशरण महत, मोहन बस्नेत, सीता गुरूङ, धनराज गुरूङ, एनपी साउद, डिगबहादुर लिम्बु र रमेश रिजालको नाम मन्त्रीका रूपमा आएको थियोे।
207
Shares

प्रतिक्रिया