ad ad

समाज


ट्राफिक प्रहरीद्वारा क्यूआर कोडसहित प्रतिलिपि सिफारिस दिन सुरु

ट्राफिक प्रहरीद्वारा क्यूआर कोडसहित प्रतिलिपि सिफारिस दिन सुरु

फाइल तस्बिर।


नेपालखबर
चैत १७, २०७९ शुक्रबार ६:३२, काठमाडौँ

ट्राफिक प्रहरीले क्यूआर कोडसहित प्रतिलिपि सिफारिस दिन सुरु गरेको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबारदेखि क्यूआरसहितको प्रतिलिपि सिफारिस दिन सुरु गरेको हो।

सिफारिसपत्रमा शङ्का लागेमा जुनसुकै क्यूआर कोड रिडरमार्फत स्क्यान गरी सक्कली वा नक्कली सिफारिस हो भनी जाँच गर्न सकिने कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। 

उनले सिफारिस नक्कली नहोस् भन्ने उद्देश्यले क्यूआर कोड रिडरसहितको प्रतिलिपि सिफारिस दिन सुरु गरिएको बताए। 

सवारीसाधनको कागजपत्र हराएको भनी प्राप्त निवेदनका आधारमा ट्राफिक प्रहरी कार्यालयमा कागजपत्र भए÷नभएको यकिन गरी कारबाहीमा नपरेको अवस्थामा ट्राफिक प्रहरीले प्रतिलिपिको सिफारिस दिँदै आएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .