ad ad

राजनीति


पाँच वर्षमा परिणाम नदिए कांग्रेस-माओवादी दण्डित हुनु पर्छ : गगन थापा

पाँच वर्षमा परिणाम नदिए कांग्रेस-माओवादी दण्डित हुनु पर्छ : गगन थापा

फाइल तस्बिर


नेपालखबर
चैत २०, २०७९ सोमबार १४:२१, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको गठबन्धन पाँच वर्ष नै जाने बताएका छन्।

तनहुँ क्षेत्र नम्बर १ मा आयोजित वाम-लोकतान्त्रिक गठबन्धनको कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

'यो गठबन्धनले काम गरेर देखाउन सक्नु पर्छ। पाँच वर्षमा काम गरेर देखाएनौँ भने अर्को पटक कांग्रेस र माओवादीले दण्ड पाउनुपर्छ', उनले भने, 'हामीले परिणाम दिन सकेनौँ भने हामी दण्ड भोग्न तयार हुनुपर्छ।'

उनले नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई विजयी भएपछि बिलाएर नजाने पनि बताए।

'गोविन्द भट्टराई संसदभित्र हराउने र बिलाउनेमा पर्दैनन्। रामचन्द्र पौडेल राष्ट्रपति भइसकेका छन्। रामचन्द्रले राष्ट्रपतिको गरिमा जोगाउने छन्', उने भने, 'सबैजना लागेर उहाँलाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्छ भन्यौँ। अब उहाँ राष्ट्रपति भएपछि यो क्षेत्रको जिम्मेवारी गोविन्द भट्टराईको काँधमा छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .