राजनीति


सरकारको न्यूनतम साझा कार्यक्रम जनताको आँखामा छारो : सांसद गैरे

सरकारको न्यूनतम साझा कार्यक्रम जनताको आँखामा छारो : सांसद गैरे

फाइल तस्वीर


नेपालखबर
चैत २३, २०७९ बिहिबार १७:३७, काठमाडौँ

नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले सरकारको न्युनतम साझा कार्यक्रम जनताको आँखामा छारो हाल्नका लागि मात्रै हुने बताएका छन्। 

बिहीवार संसद भवनमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।

उनले सरकारको साझा न्यूनतम कार्यक्रम बनाउने कुरामा मात्रै सिमित हुँदा कार्यान्वयनको पक्ष फितलो भएको बताए।

उनले सरकारको न्यूनतम साझा कार्यक्रम मुख्य कार्यान्वयको विषय बन्न नसकेको बताए। सांसद गैरेले सरकार सत्ता स्वार्थमा र भागबण्डामा केन्द्रित भएको आरोप लगाए। उनले न्यूनतम साझा कार्यक्रम जनताको आँखामा छारो हाल्नका लागि ल्याइने विषय रहेको उल्लेख गरे।

उनले भने, ‘यो सत्ता स्वार्थमा र भागबण्डामा केन्द्रित छ। यो न्यूनतम साझा कार्यक्रम जनताको आँखामा छारो हाल्नका लागि ल्याइने विषय हो, कार्यान्वयनका लागि हो भन्ने म ठान्दिनँ। शिक्षा, स्वास्थ्य, कृषि उपरका विषयहरुमा बजेट कटौति गरिएको छ, कटौति गर्ने अभियान जारी गरिएको छ।’

सांसद गैरेले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि उपरका विषयहरुमा बजेट कटौति गर्ने खबर पाएको भन्दै आर्थिक शंकटको बहानामा विकास निर्माणमा कुनै काम गर्न सकिँदैन भन्नु गलत भएको बताए। उनले सरकारले वर्तमान आर्थिक संकटका बारेमा चासो नदिएको आरोप लगाए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad