नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले ‘स्वास्थ्यमन्त्रीको भाउ दुई करोड पुगेछ भन्दै व्यङ्ग्य गरेका छन्।
प्रतिनिधि सभा सदस्य पोखरेलले स्वास्थ्यमन्त्रीको भाउ दुई करोड पुग्दा अरु मालदार मन्त्रीहरुको कति होला? भन्दै प्रश्न गरे।
उनले भ्रष्टाचारकै कारण नेताहरु सामाजिक रुपमै बहिष्करणमा पर्नसक्ने चेतावनी पनि दिए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न पार्टीलाई दुई करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै व्यवसायी दुर्गा प्रसाईँसँग रकम माग गरेको अडियो बाहिरिएपछि सांसद पोखरेलले यस्तो कटाक्ष गरेका हुन्।
बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वर्तमान गठबन्धनको सरकारले सिंहदरबारलाई भष्टाचारको अखडा बनाउन खोजेको बताए।
उनले गठबन्धन सरकारकै सांसदले स्वास्थ्य मन्त्री हुन मेडिकल व्यवसायीसँग २ करोड घुस मागेको अडियो सार्वजनिक भएसँगै सिंहदरबारलाई भष्टाचारको अखडा बनाउन खोजिएको बताएका हुन्।
उनले गठबन्धनका नेताहरुले घुस काण्डका विषयमा संसदमा जानकारी दिन मागसमेत गरे।
Shares

प्रतिक्रिया