प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त भएका छन्।
सोमबार प्रधानमन्त्री प्रचण्डले आचार्यलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको उनको सचिवालयले जनाएको छ।
उनी २०७३ मा प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा पनि प्रेस सल्लाहकार नै नियुक्त भएका थिए।
आचार्य नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष र न्यूनतम पारिश्रमिक निर्धारण समितिको पूर्वअध्यक्ष हुन्।
उनले विभिन्न मिडियामा काम गरेको अनुभव छ।
प्रधानमन्त्रीको प्रशासन जनसम्पर्क विज्ञमा नेता रामदीप आचार्य नियुक्त भएका छन्। यस्तै, जनसम्पर्क विज्ञमा देवेन्द्र पराजुली, बुद्धि जिसी नियुक्त भएका छन्।
राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त भएका थिए।
यस्तै, प्रेस विज्ञमा मनहरि तिमल्सिना, प्रेस संयोजकमा सुर्य किरण शर्मा नियुक्त भएका थिए। प्रधानमन्त्रीको स्वकीय सहसचिवमा गोकर्णप्रकाश भट्ट र आइटी विज्ञमा प्रकाश रायमाझी नियुक्त भइसकेका छन्।
प्रधाानमन्त्री नियुक्त भएकै दिन मुख्य स्वकीय सचिवमा सन्तकुमार दरै, स्वकीय सचिवमा रमेश मल्ल र गंगा दाहाल नियुक्त भएका थिए।
फोटो स्पेसलिस्टमा प्रदीपराज वन्त छन्।

Shares

प्रतिक्रिया