राजनीति


गोविन्द भट्टराईलाई मत दिनुभएन भने हरि छन् पाप लाग्छ : गगन थापा

गोविन्द भट्टराईलाई मत दिनुभएन भने हरि छन् पाप लाग्छ : गगन थापा

नेपालखबर
बैशाख ५, २०८० मंगलबार १८:२३, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तनहुँ–१ का कार्यकर्ताले उम्मेदवार गोविन्द भट्टराईलाई मत नदिए पाप लाग्ने बताएका छन्। 

दमौलीमा मंगलबार आयोजित चुनावी सभा सम्बोधनका क्रममा उनले उम्मेदवार भट्टराईलाई मत नदिने पार्टी आवश् कार्यकर्तालाई पाप लाग्ने बताएका हुन्।   

‘ब्यासको भूमि हो यो। ब्यासको यो पवित्र भूमिमा बीपी कोइरालाले बनाएको पार्टीसँग सम्बन्ध राख्ने मान्छेले यो पटकको निर्वाचनमा गोविन्द भट्टराईलाई छुटाउनु भयो भने,’ थापाले भने, ‘यसको रिसले, त्यसको रिसले म हाल्दैन भन्नुभयो भने, म नयाँ रोज्छु, यो रोज्छु, त्यो रोज्छु भन्नुभयो भने अन्यथा नलिनुहोला पाप लाग्छ। हरि छन् पाप लाग्छ।’

उनले कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफूसँग उठेको रिस उम्मेदवार भट्टराई माथि नपोख्न पनि आग्रह गरे। 

‘शेरबहादुरसँग रिस उठेको छरु शेरबहादुरसँग रिस पोख्नुस् न। प्रचण्डसँग रिस उठेको छरु प्रचण्डसँग पोख्नुस् न,’ थापाले भने, ‘म सँग रिस उठ्यो? मसँग पोख्नुस् न। गोविन्दसँग किन पोख्नुहुन्छरु पुरानो पार्टी बदल्छु भन्ने गोविन्दसँग के को रिस?’ 

उनले तनहुँ–१ ले भट्टराईलाई जिताएर संसदमा पठाए शिर नहुराउने दिन नआउने समेत जिकिर गरे। 

‘गोविन्द भट्टराईबारे एक शब्दमा भन्नु पर्दा म निष्ठा भन्छु। निष्ठा किन्न पाइन्न। कुनै विश्वविद्यालयमा किन्न पाइदैन,’ महामन्त्री थापाले भने, ‘गोविन्द बिक्दैन। सांसद बनाएर पठाएको गलत मान्छेलाई पठाइएछ भनेर एक दिन शिर निहुराउने दिन आउन दिने छैनन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .